काङ्रेसको १४ महाधिवेशन सर्यो,मंसिर ९ देखि १३ मा गर्ने सहमति

232

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको शनिबार सकिएको बैठकले महाधिवेशनको नयाँ मिति मंसिर ९ गतेदेखि १३ सम्मलाई निर्धारण गरेको छ । वडादेखि केन्द्रसम्मकै महाधिवेशन तालिका हेरफेर भएको हो । अब यसअघि महाधिवेशन हुने भनिएको भदौ १८ गते कांग्रेसले वडाहरुको अधिवेशन गर्ने भएको छ । 

नयाँ कार्यतालिकामा क्रियाशील सदस्यहरुको अन्तिम नामवाली बुझाउने मिति भदौ २ गतेलाई तोकिएको छ ।  यस्तो छ तालिका

१. कृयाशिल सदस्यको अन्तिम नामावली बुझाउने: २०७८/५/२
२. निर्वाचन निर्देशिका बुझाउने: २०७८/५/२
३. वडा अधिबेशन : २०७८/५ / १८
४. गाउँ/नगर पालिका: २०७८/ २७
५. प्रदेश क्षेत्र क/ख: २०७८/ ६/१
६. संघिय निर्वाचन क्षेत्र : २०७८/६/ ५
७. जिल्ला : २०७८/६/१०
८. प्रदेश: २०७८/७/१०-१२
९. केन्द्रीय : २०७८/८/ ९-१३