जथाभावी चुरे दोहनले बाढी र डुबानको समस्या बढ्दै

254

चन्द्रपुर–रौतहटमा जथाभावी चुरे दोहनले बर्षेनी बाढी र डुबानको समस्या बढ्दै जान थालेको छ ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ५ खैरास्थित चा“दी खोला उत्खननका कारण बस्ती जोखिममा पर्ने भन्दै स्थानीयले विरोध जनाएका छन् ।
चन्द्रपुर खैराका ८५ वर्षीय हर्षबहादुर पुलामी मगर डेढ दशकअघिको बाढीको घटना अझै पनि सम्झिन्छन् । २०६१ असार २३ गते लगातार वर्षापछि चा“दी खोलामा आएको बाढीले खैराको ९० घर विस्थापित भएका थिए । पा“च घर बाढीमा बगे । चुरे दोहनका कारण चा“दी खोलाले धार परिवर्तन गर्दा बस्ती विस्थापित भएको मगर बताउछन् । त्यसैले उनको माग छ, स्थानीय तहले चुरे दोहन रोक्नुपर्छ ।
त्यतिबेला चा“दी खोलाको बाढीले घरखेत बगाएपछि उनको खेत भएको स्थानमा अब गोठ मात्र छ । बस्ती नै विस्थापित भए पनि उनी दिनहु खेतको रेखदेख गर्न पुग्छन् ।
चा“दी खोला पश्चिम क्षेत्र भएर बग्थ्यो । चुरेमा जथाभावी उत्खनन गर्न थालेपछि खोलाले धार बदलेको हो,उनी भन्छन्,फेरि पनि दोहन गर्न अनुमति दिने तर्खरमा स्थानीय तह रहेको सुनेको छु । खैरापारि चिडिया दहमा घर बनाएर उनका २२ जनाको परिवार सबै त्यहीं बसेका छन् । मगर मात्र होइन खैराका विस्थापित सबै चिडिया दहमा घर बनाएर बसेका छन् । अहिले पनि उनीहरू आफ्नो खेतमा खोला बगिरहेको हेर्न विवश छन् । खैरा बस्ती अन्नको भण्डार भनेर चिनिन्थ्यो ।
चुरे दोहनका कारण २०५० सालदेखि वर्षाका बेला बस्तीछेउको जमिन बाढीले कटान गर्न थालेको हो ।
चुरे दोहन रोक्नुप¥यो, यसले बस्तीलाई जोखिममा पा¥यो,भनेर कैयौं पटक भनेको अर्का विस्थापित श्रीष पौडेलले बताए । उनले भने,त्यसबेला सुनवाइ भएन । अहिले बाढी र डुबानको जोखिम बढेको छ । दोहन नरोकेसम्म समस्या बढ्दै जान्छ ।
विस्थापितहरू बचेको जमिनमा खेती लगाउदै आएका छन् । चा“दी खोलाले खैरा मात्र होइन दक्षिणका सिन्दुरेघारी, खौरा, बलरीलगायत गाउ“मा कटान गर्दै आएको छ ।
चन्द्रपुर नगरपालिकाले राजमार्गबाट उत्तर क्षेत्रमा नदीजन्य वस्तुको निकासीको ठेक्का लगाउन थालेपछि चुरे क्षेत्रसम्म पुगेर ढुंगा उत्खनन र तस्करी सुरु भएको छ । अघिल्लो वर्ष चन्द्रपुरले चा“दी खोलाको उत्तरी क्षेत्रमा निकासीको ठेक्का लगाएपछि ठेकेदारले नियमविपरीत उत्खनन गरेको थियो । यसको विरोधपछि यस पटक नगरपालिकाले ठेक्का लगाएन ।
चन्द्रपुरका नगर प्रमुख रामचन्द्र चौधरीले चुरे दोहनले बाढी र डुबानको समस्या बढ्दै गएकोले नदी उत्खननका लागि ठेक्का लगाउन छाडिएको बताए । नदीजन्य वस्तुको निकासीको ठेक्का लगाउदा चौतर्फी विरोध हुन थाल्यो,उनले भने,विगतमा खैरा बस्ती बिस्थापित हुनु पनि दोहनकै कारण हो । अब उत्खननको ठेक्का लगाउदा सर्वपक्षीय सल्लाह सुझाव अनुसार मात्रै गर्ने योजना छ ।