अनमोलले किन छाडे होम प्रोडक्सन फिल्म

143

एजेन्सी–अहिले नेपाली फिल्ममा सर्वाधिक माग भएका र सिनेमा हलको टिकट काउन्टरमा सर्वाधिक विक्ने अनुहार हुन्, अनमोल केसी ।
कोरोना महामारीका कारण एक वर्ष लगाएर फिल्म ए मेरो हजुर ४ को छायांकन पूरा गरेका अनमोल कोरोनाको दोस्रो लहर नफैलिएको हुन्थ्यो भने यतिबेलासम्म घरको फिल्म पारस को छायांकन भ्याइसकेका हुने थिए ।
तर, कोरोना महामारीले फिल्म पोस्ट प्रोडक्सनमै अड्कियो । उनको पाइपलाइनमा होम प्रोडक्सनको अर्को दुई फिल्म एन्टी हिरो र माइतीघर २ पनि छ ।
यसैबीच, गत शनिवार उनले बाहिरी ब्यानरको फिल्म एक्स ९ साइन गरे । आउदो जनवरीबाट यो फिल्मको छायांकन सुरु हुदैछ । उनले नया“ फिल्म साइन गरेस“गै होम प्रोडक्सनका तीन फिल्म अलपत्र परेका छन् । स्क्रिप्ट लक भइसकेको घरको फिल्म छाडेर अनमोल बाहिरी ब्यानरको फिल्ममा काम गर्न राजी हुनुले पारस, एन्टी हिरो र माइतीघर २ निर्माण हुनेमा शंका उब्जिएको छ ।
यद्यपि, उनले एक्स ९ पछि घरको फिल्म गर्ने बताएका छन् । तर, यसका लागि उनीभन्दा पनि उनका पिता भुवन केसी तयार हुनुपर्नेछ ।
भुवनले घरको फिल्मलाई रोकेर छोरालाई बाहिरी ब्यानरको फिल्म साइन गर्न अनुमति दिनुले उनी तत्काल फिल्म निर्माणको योजनामा नभएको बुझ्न सकिन्छ । अनमोल पनि घरभन्दा पहिला बाहिरी ब्यानरको फिल्म गर्न हतारिएको देखिन्छ ।