नुनथरमा दुर्घटना,१ को मृत्यु

370

रौतहट । चन्द्रपुर १ नुनथरम सोमवार बिहान बलेरो पिकअप गाडी दुर्घटनामा परेको छ । गाडि नुनथर नजिकै नहरमा दुर्घटना हुँदा
एक जना तिर्थालुको ज्यान गएको छ ।केही घाइते भएका छन ।
बिहान करीव साढे ४ बजे रौतहट चन्द्रपुर १ नुनथर जाने बाटो को नहरमा दुर्घटना भएको हो ।
बारा जिल्लाबाट बोलबम आएर बाग्मतीनदिबाट जल बोकी फर्कने क्रममा ना ५ च ३१६६ नं. बलोरो पिकअप नुनथर जाने बाटोको नहरमा अनियन्त्रित भई अन्दाजी ५० मिटर तल झरेको हो ।
सो गाडीमा सवार २० जना तिर्थालुहरु मध्ये १ जना बारा गढिमाई न.पा. वस्ने अन्दाजी वर्ष ४५ कि मिना देवी कोईरीको मृत्यू भएको प्रहरीले जनाएको छ । भने एक जना महिला हराइरहेको बताईएको छ । १८ जनालाई प्रहरीले नहर बाट उद्धार गरेको छ । सो गाडीमा सवार ५ जना घाईतेको चन्द्रपुर मा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।