संकल्प साकोस र सिभिल हस्पिटलबिच सम्झौता

651

चन्द्रपुर । चन्द्रपुरमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल हस्पिटलबिच सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार संकल्प साकोसका सेयर सदस्यहरुले सिभिल हस्पिटलको ओपिडि सेवा निशुल्क पाउने छ्न भने औषधि खरिदमा ५ प्रतिशत छुट र अन्य सेवामा २० प्रतिशत छुट पाइने छ । त्यस्तै न्युन आय भएका सेयर सदस्य हरुलाई सबै सेवामा ५० प्रतिशत छुट पाउनेछ्न । शुक्रबार संकल्प साकोसका अध्यक्ष बिभु पोखरेल र सिभिल हस्पिटलका प्रशासकीय अधिकृत राजन कुमार साहले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
आर्थिक,प्रशासनिक रुपमा बलियो रहेको संकल्प साकोसले आफ्ना सेयर सदस्यको स्वास्थको जिम्मेवारी बहन गर्दै अगाडि बढिरहेको छ ।
अन्य साकोस भन्दा नयाँ नयाँ सोचका साथ संस्था अगाडि बढेकाले संकल्प झनै दरिलो र बिस्वासिलो साकोस बन्ने चन्द्रपुर बासिको बिश्वास छ ।