मानव अधिकार अनुगमन समिति रौतहटको संयोजकमा झा

217

गौर । जिल्ला स्तरिय मानव अधिकार अनुगमन समितिको संयोजकमा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झालाई सर्वसहमत चयन गरेको छ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश-२को कार्यालय जनकपुरधामका मानव अधिकार अधिकृत मनमाया राना मगरको विशेष उपस्थितिमा वसेको बैठकले साे निर्णय गरेकोे हाे ।
नवगठित ७ सदसिय समितिमा नेपाल वार एसोसियसन का अध्यक्ष राजाराम यादव गैर सरकारी सस्था महासंधका अध्यक्ष रामपुकार यादव ,राैतहट उधोग वाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवाल , ईसिडिसिका अध्यक्ष धर्मेन्द्र पासवान, मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष विन्दा साहनी र मानव सेवा केन्द्र गाैरका प्रतिनिधि निलु झा चयन भएका छन ।