भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड

178

वीरगंज–वीरगन्ज महानगरपालिकास्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड भएको छ। जिउँदो मानिसलाई मृत घोषणा गरेको भन्दै आफन्त र स्थानीयले अस्पतालमा आक्रमण गरेका हुन् ।
आइतबार दिउसो गाउतिरबाट आएको भीडले हस्पिटलका चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अस्पताल प्रशासनले जनाएको छ । मुटुको समस्या भएकी वीरगन्ज उपमहानगरपालिका– २० की रमितादेवीलाई बिहान सवा ९ बजेतिर उपचार गर्न भनी अस्पतालमा ल्याइएको थियो ।
चिकित्सकले चेकजा“च गर्दा उनको मृत्यु भइसकेको थियो । १० बजेतिर उनका आफन्तले शव लगे । पछि घाट लानु पूर्व शवलाई नुहाई दिने क्रममा मुख चल्यो भनी फेरि १ बजेतिर रमिताको शव अस्पताल ल्याएका थिए । पुनः चिकित्सकले हेर्दा उनी मृत नै थिइन् ।
नुहाउने क्रममा पेट थिचिंदा मुख चलेको हुन सक्ने चिकित्सकले मृतकका आफन्तस“ग भने पछि शव लिएर जान लागेकै समयमा एक्कासी चिकित्सकमाथि हातपात गरेको अस्पतालका निर्देशक राम श्रेष्ठले बताए ।
प्रहरीले अस्पतालमा तोडफोड र चिकित्सकमाथि हातपात गर्ने समूहलाई नियन्त्रणमा लिएको छ । भीडको आक्रमणबाट अस्पतालका डा.विजय महतो र एक जना नर्स घाइते भएका छन् । डा.महतोको घा“टीमा चोट लागेको छ भने नर्सको हात काटेको निर्देशक श्रेष्ठले बताए ।
अस्पतालमा तोडफोड हुदै गरेको सूचना सुनेपछि पुगेको प्रहरीले सामान्य बल प्रयोग गरी स्थितिलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताए ।
अक्षय राम, भीम राम, सुरेश राम र राकेश रामलाई अस्पतालमा पुगेको टोलीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।