अस्पताललाई अक्सिजन कन्सट्रेटर हस्तान्त्रण

134

चन्द्रपुर–चन्द्रपुरको सरकारी अस्पताललाई एक थान अक्सिजन कन्सट्रेटर प्राप्त भएको छ ।
अमेरिकामा बस्ने नेपालीहरुले संकलन गरेको रकम बाट देशभरका बिभिन्न अस्पताल लाई २१ थान अक्सिजन कन्सट्रेटर सहयोग गर्ने क्रममा चन्द्रपुरका सरकारी अस्पताल लाई पनि एक थान अक्सिजन कन्सट्रेटर प्राप्त भएको हो। अक्सिजन कन्सट्रेटरले २४ घण्टामा १५ लिटर अक्सिजन उत्पादन हुने बताइएको छ। । अमेरिकामा बस्ने बिशाल भारती लगायतले सहयोग गरेको सो अक्सिजन कन्सट्रेटरको न्यानोपनले ब्यबस्थापन गरेको हो । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका संक्रमित बिरामी लाई अक्सिजन अभाब हुन नदिन मनकारीदाता बाट अक्सिजन कन्सट्रेटर सहयोग भएको हो । चन्द्रपुर सरकारी अस्पतालका जनस्वास्थ्य निरिक्षक मातृका चालिसे र बलराम साहलाई सो अक्सिजन कन्सट्रेटर हस्तान्तरण गरिएको हो । सो क्रममा जनस्वास्थ्य निरिक्षक मातृका चालिसेले चन्द्रनिगाहपुरमा कोरानो भाईरसको बिरामीको उपचारका लागि अस्थायी कोरोना अस्पताल संचालनमा ल्याइएको भन्नु हुदै उहा“ले अस्पतालको लागि स्वास्थ्य सामग्री लगायत अक्सिजनको आवश्यक्ता पर्दै आएको बताए । हस्तान्तरण कार्यक्रममा चन्द्रपुर नगरपालिका वडानम्बर ५ का अध्यक्ष संजय काफलेले कोरोना भाईरसको संक्रमण फैलन नदिन सबैपक्ष बाट आबश्यक सहयोग हुनु सराहनीय रहेको बताए । राप्रपा नेपालका केन्द्रिय सदस्य सुदर्शन आचार्यले महामारीको रुपमा फैलिएको कोरोना भाईरसको नियन्त्रणका लागि सबै पक्ष एक हुनु आवश्यक रहेको बताए ।