सीमा क्षेत्रको पिलर नम्बर ३४७ ढल्ने अवस्थामा

358
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

गौर–औरैया सीमा क्षेत्रको अन्तिम बिन्दुमा रहेको ३४७ नम्बरको पिलरको जग जीर्ण भइसकेको छ । ईशनाथ–१ स्थित ढल्ने अवस्थामा पुगेको यो सीमास्तम्भ मासेर भारतीयले बोरा राख्न खोज्दा गत वर्ष विवाद भएको थियो । भारतीय पक्षले यो भत्केर जाओस् भनिरहेका बेला रौतहट प्रशासनले भने निगरानी नियमित गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले ५ महिनाअघि पिलर मर्मतका लागि प्रधानमन्त्रीको कार्यालय, परराष्ट्र मन्त्रालय, गृह र नापी विभागमा पत्राचार गरेको थियो । पत्रको जवाफ नै नआएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ठूलो वर्षा भयो भने पिलर ढल्ने अवस्थामा छ । मर्मत तत्कालै जरुरी छ,उनले भने,दुई देशको सीमामा आफूखुसी पिलर मर्मत गर्न मिल्दैन । त्यसैले माथिको आदेश पर्खेका हौं । पिलर नया“ बनाउन सहमतिका प्रक्रिया झन्झटिला त छदै छन्, त्यसमा लाग्ने खर्चका लागि बजेट पनि नभएकाले सरकारले पत्रको जवाफ नपठाएको भन्दै जिल्ला प्रशासन चुप लागेको छ । बाढीको डुबानबाट जोन गत वर्ष भारतीयले बालुवा भरेका बोरा सीमामा राखेका थिए । त्यस बेला पिलर भत्किने गरी बोरा राख्न थालेपछि रौतहट प्रशासनले रोकेको थियो । त्यतिबेला सशस्त्र प्रहरी प्रदेश २ का तत्कालीन प्रमुख डीआईजी राजु अर्यालसहितको टोलीले स्थलगत अध्ययन गरेर निगरानीका लागि टोली नै खटाइएको थियो । पिलर वरपर खाडल छ । यसलाई पुर्नसमेत प्रशासनले माथिको आदेश पर्खेको छ । प्रजिअ यादवले केही दिनपछि भारतको मोतीहारीमा हुन लागेको सीमा सुरक्षा बैठकमा पिलर ३४७ को मर्मत र बोरा राखेर बा“ध बनाउन नपाइने विषय उठान गर्ने बताए ।
गौरदेखि ३१ किलोमिटर पश्चिम सीमाको अन्तिम बिन्दुमा उक्त पिलर पर्छ । पिलरबाट एक सय मिटर पूर्वसम्म भारतले एकपक्षीय रूपमा लगाएको बा“ध छ । यही बा“धलाई अगाडिसम्म लैजान भारतीयले बोरा राख्न खोजेका हुन् । रौतहटमा ३१ किलोमिटर खुला सीमामा मुख्य १५ सीमास्तम्भ छन् । सहायक २९ र सानो पिलर १ सय १५ वटा गरी कुल १ सय ६२ वटा छन् । सानो र मुख्य गरी १७ वटा पिलर हराएको प्रशासन कार्यालयले जनाएको छ ।