मिचिएको दशगजा जमिन खाली गराउन आग्रह

158

गौर–भारतीय पक्ष बाट दशगजा जमिन मिचिएको बिषय लाई नेपाली पक्षले खाली गराउन आग्रह गरेको छ ।
ईण्डो नेपाल बैठकमा नेपालका तर्फ बाट रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेब यादबले रौतहटको इशनाथ नगरपालिकाको वडा नम्वर १ को बन्जरहा र औरैया संग जोडिएको नेपाल भारत सिमाको दश स्थानमा दशगजा मिचेर भारतीय पक्षले बनाएको बा“धको बिषय उठाएको हो ।
भारतको विहार स्थीत मोतिहारीमा सोमवार भएको इण्डो नेपाल बैठकमा रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपाल भारतको ज्वाइन्ट सर्वे टिमद्धारा जिपिएस प्रणालीको मद्दतबाट डेढ बर्ष अघि नापजाँच गर्दा इशनाथको बन्जरहा र औरैया संग जोडिएको दशगज्जा क्षेत्रमा भारतीय पक्षद्धारा मिचिएको भन्दै खाली गराउन आग्रह गर्नु भएको हो । यस्तै सिमा स्तम्भ ३४७ जिर्ण बन्दै गएको हुँदा त्यसलाई मर्मत गर्नुपर्ने, सिमा वारिपारीबाट हुने अबैध तस्करी बन्द गर्नुपर्ने, हातहतियारको ओसारपसार माथि निगरानी बढाउने, पशुचौपायाको तस्करी बन्द गर्नुपर्ने, नेपाली र भारतीय अपराधीहरु अपराध घटाएर निर्भिक भई दुवै देशमा शरण लिएर बसेकाहरुलाई नियन्त्रणमा लिन सहकार्य गर्ने, बर्षा र बाढीको अवस्थालाई एक अर्का विच जानकारी गराई कार्यान्वयन गर्ने सहमती बैठकमा भएको छ ।
यस्तै बाढीको समयमा भारतीय बाँधमा प्राकृतिक रुपमा पानी निकासको लागि बनाइएको सुलिस गेटलाई नियमित रुपमा खोल्नुपर्ने सहमती भएको, कोभिड १९ को व्यवस्थापनमा दुई पक्षिय सहयोग अदानप्रदान गर्ने, अत्यावश्यक मेडिकल इमरजेन्सीलाई सहज रुपमा आवागमनको व्यवस्थापन मिलाउने र आवश्यकता अनुसार समय समयमा दुई पक्षिय संवादलाई जारी राख्ने भद्र सहमती भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।
पूर्वी चम्पारण जिल्लाको मुख्यालय मोतिहारीको राधाकृष्ण भवनमा भएको इण्डो नेपाल बैठकमा प्रहरी उपरिक्षक सिद्धिविक्रम शाह, सशस्त्र प्रहरी उपरिक्षक सुर्य बहादुर सेन ओली, राष्ट्रिय अनुसन्धानको उप निर्देशक मुकुण्द खड्का तथा पूर्वी चम्पारणका डिएम कपिल अशोक, एसपी नविनचन्द्र झा सहितको भारतीय पदाधिकारीहरुको उपस्थिति रहेको जनाइएको छ ।