तराई मधेशबाट छतरी लोप हुदै

154

वाईआर पुरी

चन्द्रपुर–तराई मधेशमा घाम पानीबाट ओतिन प्रयोग गरिने छतरी लोप हुदै गएको छ ।
बढ्दो आधुानिकतासंगै छाता र प्लास्टिकका छोपो बजारमा छ्यास्छ्यास्ती पाइनथालेपछि परम्परागत त्यस्ता हाते सामाग्री लोप हुदै गएको हो ।
बा“सका चोया र भोर्लाको पातबाट छतरी निर्माण गरिन्छ । पुरै शरीर ढाकिने गरी छाता झैं बनाइएको छतरी टाउकोमा टोपी झैं ख्वाप्प राख्न मिल्छ र त्यसमा प्रयोग गरिएको डोरी चिउडो तल बा“धिन्छ जसलेगर्दा छतरी टाउकोबाट खस्दैन ।निहुरिदा पनि हातले समाइरहन पर्दैन ।
चन्द्रपुर नगरपालिका–६ का ज्येष्ठ नागरिक झगरु चौधरीका अनुसार छतरीले ओतिदा दुबै हात स्वतन्त्र हुन्छन् र काम गर्न सजिलो हुन्छ । तर, छातालाई भने एउटा हातले समात्नै पर्ने हुन्छ । दु्बै हात चलाउनु पर्दा छाताको बिड का“धमा राखी गर्दन र कुमको सहयोगमा केही बेर अड्याउन सकिन्छ । जबकी, छतरी ओढ्दा दुबै हातले लामो समयसम्म सहजै काम गर्न सकिन्छ ।
यता गुजरा नगरपालिका भवानीपुरका ललन चौधरी भन्नुहुन्छ, छतरी बनाउने सीप भएका बुढा पुराना कोही अशक्त र कोहीको मृत्यु भएकोले पनि छतरी लोप हुदै गएको हो । विशेष गरी थारु समदुयाले छतरीको प्रयोग गर्छन् । अहिले पनि कतै कतै यसको प्रयाग भएको देखिन्छ । थारु संस्कृति र परम्पराका साधन मध्ये छतरी पनि एक हो । आधुनिक युगका अहिलेका युवा आधुनिकता तिरै बढी चासो राख्ने गरेको कारण परम्परागत त्यस्ता समान लोप हुदै गएको गुजरा नगरपालिकाका मेयर श्याम चौधरीको धारणा छ ।
हलो जोत्दा, धान रोप्दा वा कृषिस“ग सम्बन्धित जुनसुकै काममा छतरी ओढेपछि एकातिर घाम पानीबाट ओतिन्छ भने अर्कोतिर दुबै हातले स्वतन्त्रतापूर्वक काम गर्न पाइन्छ । यस्तो बहुआयामिक घरेलु हस्त निर्माणका साधन लोप हुन दिनु हुँदैन भन्नुहुन्छ उद्योग वाणिज्य संघ चन्द्रपुर नगरका अध्यक्ष सुनिलकुमार साह । उनकाअनुसार छतरीमा प्रयोग गरिने पातको वनस्पति वन जंगलबाट लोप हुदै गएको एवम् छतरी निर्माण गर्ने शीप भएका जनशक्ति अभावले गर्दा पनि परम्परागत त्यस्ता वस्तु ओझेलमा परेको हो ।
स्थानीय तहले त्यस्ता परम्परागत मूल्य मान्यता राख्ने तथा संस्कृतिको जगेर्ना गर्ने खालका योजना नै तयार पारेर कार्यान्वयन गर्ने सके जुनसुकै समुदायका परम्परागत संस्कृतिको विकास र विस्तार हुने संघीय सांसद् रौतहटका देवप्रसाद तिमल्सिनाको अवधारणा छ ।