छायांकनका क्रममा विराज घाईते

161

एजेन्सी–नायक विराज भट्ट भोजपुरी चलचित्र आक्रोशको छायांकनका क्रममा घाईते भएका छन् ।
नायक भट्ट घाईते भएपछि यो चलचित्रको छायांकन समेत रोकिएको छ । यो चलचित्रको छायांकन भारतको लखनउमा भैरहेको थियो ।
नायक विराजले एक्सन स्टन्ट गर्दा बाया“ खुट्टाको घुडामा समस्या आएको जानकारी दिएका छन् ।
रगते जमेका कारण दुई साता डाक्टरले आराम गर्न सल्लाहा दिएपछि विराज अभिनित यो चलचित्रको छायांकन पनि प्रभावित भएको हो ।
सन्दिप सिंहले निर्देशन गरिरहेको यो चलचित्रमा विराजस“गै प्राची सिंह, सन्जय पाण्डे, मनोज टाइगर लगायतका कलाकारको अभिनय छ ।
चलचित्रको ४० प्रतिशत भन्दा बढी काम सकिएको छ । नेपाली चलचित्रमा स्टारडम बलियो भैरहेको समयमा विराज भोजपुरी चलचित्रतर्फ लागेका थिए । भोजपुरी चलचित्रमा जमेका विराजले केही वर्ष अगाडि चलचित्र जय परशुरामबाट नेपाली चलचित्रमा कमब्याक गरेका थिए ।
यो चलचित्र असफल भएपछि फेरि सुस्ताएका विराजले आफ्नै निर्देशनमा साङ्लो निर्देशन गरेका थिए । यो चलचित्र पनि असफल भयो । विराजको भोजपुरी चलचित्रमा राम्रो क्रेज छ ।