मुम्बई–साउथको सुपरहिट फिल्म केजीएफको सिक्वेलको प्रतिक्षा कसले नगरेको होला र पहिलो पार्टको सफलतापछि दर्शक लामो समयदेखि केजीएफ २ को प्रतिक्षामा छन् । अहिले फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।
निर्माण टिमले फिल्मका सबै कलाकारको डबिङ सकेर रिलिज डेट घोषणा गर्ने तयारी गरेको भए पनि अभिनेता सञ्जय दत्तका कारण निकै समस्या भएको छ ।
केजीएफ २ सञ्जय दत्तको करिअरको सबैभन्दा ठूलो फिल्म हो, जुन ५ अलग–अलग भाषामा निर्माण भएको छ । तर, अहिलेसम्म उनले फिल्मको डबिङ सुरु गरेका छैनन् । उनले डबिङ पूरा नगरेसम्म फिल्मको रिलिज डेट घोषणा गर्ने पक्षमा निर्माण कम्पनी छैन । फिल्ममा उनले खलनायक अधीराको भूमिका निभाएका छन् । पर्दामा दर्शकले सञ्जय र यशबीचको भिडन्त हेर्न पाउनेछन् ।
यो पीरियड ड्रामा ७० को दशकमा आधारित छ । प्रशान्त नील निर्देशित केजीएफ २ मा यशको अपोजिटमा अभिनेत्री श्रीनिधी शेट्टी देखिदैछिन् । अघिल्लो पार्टमा पनि उनको अभिनय थियो । ठूलो बजेटमा निर्माण भएको यस फिल्ममा अभिनेत्री रवीना टण्डनको पनि मुख्य भूमिका छ । गत वर्ष निर्माण टिमले सञ्जय दत्तको जन्मदिनमा उनी फिचर पोस्टर सार्वजनिक गरेको थियो ।
केजीएफ २ को रिलिज डेट अन्योल
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg