कांग्रेसले बनायो ८ लाख ५२ हजार क्रियाशील सदस्य

146
k|ltj]bg a'emfOFb} sf7df8f}F, !@ ;fpg . g]kfnL sfFu|];sf ;efklt Pj+ k|wfgdGqL z]/axfb'/ b]pjfnfO{ dªunaf/ kf6L{sf] lqmofzLn ;b:otf 5fglag ;ldltsf k|ltlglwaf6 a'9fgLns07l:yt lgjf;df k|ltj]bg a'emfOFb} . t:jL/M /f;;

काठमाण्डौ–नेपाली कांग्रेसले आठ लाख ५२ हजार ७ सय ११ जना क्रियाशील सदस्य बनाएको छ ।
विवाद भएका केही जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील अझै टुंगिएका छैनन् । यो टुंगिएपछि क्रियाशीलको संख्या झन्डै एक लाख थपिनेछ ।
१४ औं महाधिवेशन गर्न कांग्रेसले यतिधेरै क्रियाशील बनाएको हो । जुन संख्या २०७२ सालमा भएको १३ औं महाधिवेशनको भन्दा दोब्बर छ। त्यसबेला चार लाख ८० हजार मात्रै क्रियाशील थिए ।
क्रियाशील सदस्य वडा अधिवेशनका मतदाता हुन् । उनीहरूबाटै क्षेत्रीय प्रतिनिधि चुनिएर महाधिवेशनका लागि प्रतिनिधि बन्छन् र केन्द्रीय कार्यसमिति बनाउछन् । ८ लाख ५२ हजारमध्ये चार लाख ९ हजार ३३ जना भने पुरानै सदस्य हुन् ।उनीहरूको नवीकरण गरिएको हो।
केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले मंगलबार सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा चार लाख ४३ हजार छ सय ७८ जना नया“ क्रियाशील वितरण गरिएको उल्लेख छ ।
हामीले सभापतिजीलाई समितिको प्रतिवेदन बुझाएका छौं ७७ जिल्लाकै नवीकरणको काम सकिएको छ । नयाँतर्फ ७५ जिल्लामा क्रियाशील टुंगिएको छ । अधिकांश काम टुंगिसकेका छन् । हाम्रो समितिमा नटुंगिएका केही विषय केन्द्रीय समितिमा पठाइएको छ । विवाद भएका केही ठाउँ स्थगित गरिएको छ,संयोजक लेखकले भने ।
यो प्रतिवेदनमा समितिकै सदस्य कल्याण गुरूङले फरक मत राखेका थिए ।
कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिबाट प्राप्त क्रियाशीलको विवरण प्रतिवेदनमा समावेश गरेको छैन । प्रतिवेदनअनुसार कांग्रेसमा ६ लाख ५३ हजार ८ सय ३८ जना पुरूष क्रियाशील छन् भने महिला एक लाख ९९ हजार ९७ जना छन् । अन्यतर्फ भने १७६ जना छन् ।
कुन उमेरका कति सदस्य ?
उमेर अनुसार हेर्दा १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार चार सय २७ जना क्रियाशील छन् । २६ देखि ४० वर्षसम्मका २ लाख ४९ हजार ७ सय ७४ जना छन ।
कांग्रेसमा यसपटक युवाको आकर्षण देखिएको छ ।
४१ देखि ६० वर्ष उमेर समूहका धेरै क्रियाशील छन् । तीन लाख २८ हजार दुई सय ३४ जना क्रियाशील यो समूहबाट छन् । यस्तै ६१ देखि ७५ वर्ष उमेरका ८३ हजार १० जना छन् भने ७५ वर्षभन्दा माथिका ११ हजार ७ सय ८२ जना मात्रै छन् ।
समावेशीतर्फ को कति ?
अल्पसंख्यकतर्फ ६ हजार ८ सय २९ जना क्रियाशील छन् ।
मधेशीतर्फ ९५ हजार १ सय ४१, मुश्लिम १६ हजार ९ सय ७०, थारूतर्फ २७ हजार ६ सय १५, अपांगता भएकातर्फ दुई सय १, पीछडिएको क्षेत्रबाट १४ हजार ९ सय १४, आदिवासी जनजाति २ लाख ८ हजार एक सय ५९, खसआर्य तीन लाख ६७ हजार ६ सय ११, दलित ४५ हजार चार सय १७ जना छन् ।
प्रदेशअनुसार कहा“ कति ?
प्रदेश नम्बर १ मा एक लाख ७४ हजार सात सय ८२ जना क्रियाशील छन् । प्रदेश नम्बर २ मा एक लाख १२ हजार ९ सय ४६, बागमती प्रदेशमा एक लाख ८६ हजार एक सय ४३, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६ सय ३३ जना, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८ सय ८५, कर्णाली प्रदेशमा ५४ हजार ५ सय ६६ र सुदुरपश्चिम प्रदेशमा ७४ हजार ७ सय ५६ जना क्रियाशील छन् ।
यी क्षेत्रमा अझै विवाद
क्रियाशील सदस्यताबारे विवाद भएका धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २, बारा र सप्तरीको नयँ“ क्रियाशीलबारे छानबिन समितिले निर्णय गर्न सकेको छैन ।
यी क्षेत्रमा के गर्ने भन्नेबारे आवश्यक निर्णय गर्न शीर्ष नेतालाई समितिले अनुरोध गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बारादेखि धनुषासम्मका नेता तथा कार्यकर्ता धर्ना र आमरण अनसनमा छन् । उनीहरूका माग सम्बोधन गर्न सहमहामन्त्री प्रकाशशरण महत र पूर्वसहमहामन्त्री रामशरण महतलाई जिम्मेवारी दिइएको छ ।