हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु

179

सर्लाही–हात्तीको आक्रमणबाट सर्लाहीमा एक वृद्धाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा हरिवन नगरपालिका –४ बस्रुने सलाकत मन्सुरकी ६२ वर्षीया पत्नी तेतरी खातुन रहेका छन् । स्थानीय आभाष रायको विवाह घरमा जाने क्रममा अचानक सोमबार बिहान २ बजे जंगली हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइन् ।
थप उपचारको लागि विरगंज लैजादै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै बागमती नगरपालिका–४ रेल्वे नजिकै हात्तीले आक्रमण गर्दा ३५ बर्षीय पुरुष घाइते भएका हुन् ।
नाम र ठेगाना खुल्न नसकेका व्यक्तिको नमूना अस्पताल हरिवनमा प्राथमिक उपचार गरी थप उपचारको लागि नारायणी उप–क्षेत्रीय अस्पताल वीरगञ्ज पठाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।