रौतहटमा पानीमा डुबेर २ बालबालिकाको मृत्यु

217

रौतहट–रौतहटको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।
देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियामा एक तिन वर्षिया बालिकाको शनिवार सा“झ मृत्यु भएको थियो । आफ्नै घर नजिक खेल्ने क्रममा पोखरीमा डुबेर दुखा साहकी ३ वर्षीया छोरी अनुस्का कुमारीको डुबेर शनिबार सा“झ मृत्यु भएको थियो ।
यसै गरी गरुडा नगरपालिका ५ शिवनगरमा पानिमा डुब्दा ४ वर्षिय बालकको मृत्यु भएको छ ।
संदिप साह सोनारको छोरा ४ वर्षीय सुवास साह सोनारको डुबेर शनिबार साँझ मृत्यु भएको थियो ।
आफ्नै घर नजिकै खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।