चन्द्रपुरमा ४२ वटा रोजगार मुलक आयोजनाहरु सम्पन्न

982

रौतहट–रौतहटको चन्द्रपुर नगरपालिकाको दश वटा वडामा ४२ वटा रोजगार मुलक आयोजनाहरु सम्पन्न भएको छ ।
प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्र्तगत चन्द्रपुर नगरपालिकाको दश वटा वडामा ४२ वटा रोजगार मुलक आयोजनाहरु सम्पन्न हो ।
गत फाल्गुनको २६ गते देखि सुरु गरिएको सो योजनाहरु असार १० गते सम्म सम्पन्न भएको चन्द्रपुर नगरपालिका कार्यालयकी रोजगार संयोजक शान्ता तिमल्सिनाले जनकारी दिएकी छिन् ।
उनले रोजगार मुलक आयोजना अन्र्तगत वाटो निमार्ण,वाटो स्तरउन्नती,नाला मर्मत तथा सरसफाई,कृषि कुलो मर्मत लगायत बिभिन्न आयोजानहरु चन्द्रपुर नगरपालिका भित्र सम्पन्न भएको जानकारी दिएकी छिन् ।
प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्र्तगत चन्द्रपुर नगरपालिकाको दश वटा वडामा न्युनतम ६० दिन र अधिक्तम ९५ दिन सम्ममा योजानाहरु सम्पन्न भईसकेको संयोजक तिमल्सिनाको भनाई रहेको छ ।
सो कार्यक्रममा संलग्न भएका दुई साय २६ जना वेरोजगारहरुले दिनको ५ सय १७ रुपैंयाका दरले पारिश्रमिक पाएका थिए ।