चन्द्रनिगाहपुरमा प्रहरीद्धारा सरसफाई

190

जनसरोकार समाचारदाता
रौतहट–
प्रहरीद्धारा चन्द्रनिगाहपुर सरसफाई गरिएको छ ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थिित इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले चन्द्रनिगाहपुरमा सरसफाइ गरेको हो ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समाजप्रतिको थप दायित्व पुरा गर्न सरसफाइ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक लिलाराज लामिछाने बताए ।
समाजमा शान्ति सुरक्षा कायम गर्न मात्र नभएर गा“उ टोल पनि सफा राखेर स्वच्छ वातावरण बनाउन पनि प्रहरी आफ्नो स्थानबाट भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।
सरसफाइ कार्यक्रम अन्र्तगत चन्द्रनिगाहपुर मेन चोक र दुर्गा मन्दिर परिसरमा सरसफाइ गरिएको थियो ।
सरसफाइको क्रममा प्रहरीहरुले ती स्थान वरपर रहेका झा“डीहरु सफा गर्दै फोहरहरु उठाएर ट्याक्टरमा हालेर फोहोरको व्यवस्थापन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रहरी नायव निरिक्षक टोप बहादुर खत्रीले बताए ।