वडा नम्बर ७ को वडा कार्यालय भवन उद्घाटन

303

चन्द्रपुर / रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ बनबहुअरीको नवनिर्मित वडा कार्यालय भवन आज उद्घाटन गरिएको छ ।
चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरी,उपप्रमुख रामरती चौधरी,वडाध्यक्ष बिष्णुप्रसाद उप्रेती,४ नम्बर वडाका वडाध्यक्ष अमर बहादुर आले र ९ नम्बर वडाका वडाध्यक्ष गोबिन्द दुलालले संयुक्त रूपमा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरेका हुन ।


५ कोठे वडा कार्यालय भवनको २ बर्षअघि सिलान्यास गरिएको थियो । कोभिड १९ को महामारीबिच वडा कार्यालय निर्माण निर्धारित समयमै सम्पन्न भएको छ । भवनको लागत करिब २५ लाख रुपैयाँ रहेको थियो ।


नगरप्रमुख रामचन्द्र चौधरीले पालिकाभित्र वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताए । उनले सबैको साथ र सहयोग भएकै कारण चन्द्रपुरमा विकाशका कामहरु तिब्र गतिमा भएको भन्दै नगरबासीलाई धन्यबाद दिए ।
बडाबासीको सम्पत्ति वडा कार्यालय भवन निर्माणलाई प्राथमिकतामा राखेर नगरपालिका अघि बढेको बताउँदै वडाको विकाश गर्दै वडाबासीलाई छिटो छरितो सेवा दिनुनै मुख्य जिम्मेवारी भएको उपप्रमुख रामरती चौधरीले बताईन । उद्धाटनमा आमन्त्रित वडाध्यक्षहरुले वडा समिति र वडाबासीको सहयोग र समन्वयका कारण समयमै निर्माण सम्पन्न वडा कार्यालयले निर्माणपछि सेवाग्राहीलाई सहज हुने बताए ।

त्यस्तै उद्धाटनका क्रममा स्थानीय जग्गा दाता उद्धब प्रसाद चिमोरीयालाई कदर पत्रका साथ सम्मानित गरिएको थियो । उनको सहयोगका लागी नगरप्रमुखले विशेष धन्यवाद समेत दिए ।