वडा नम्बर ७ का अति बिपन्न परिवारलाई राहत बितरण

469

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ का अति विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । मंगलबार बिहान वडाध्यक्ष विष्णु प्रसाद उप्रेतीको रोहबरमा बनबहुअरीमा रहेका ३२ घर धुरीका अति विपन्न परिवारलाई खाद्यान्न सामाग्री र लत्ता कपडा बितरण गरिएको हो ।

ललितपुर स्थित आशिष चर्च सितापाखाका पास्चर उद्यब प्रसाद चिमोरियाले कोभिड १९ का कारण पीडित बनेका अति विपन्न ३२ घर धुरीका परिवारका लागी राहत स्वरुप खाद्यान्न र लत्ता कपडा वितरण गर्नुभएको हो ।

यस अघि पनि पास्चर चिमोरीयाले बिभिन्न स्थानमा अति विपन्न परिवारलाई राहत वितरण गर्दै आउनुभएको छ ।