बस्तिपुरमा झडप,दर्जनौं घाइते

282

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका ८ बस्तिपुरमा गएराती दुई पक्ष विच झडप भएको छ । जग्गाको पुरानो बिवादका कारण झडप हुदा एक दर्जन घाईते भएका छन् भने ८ वटा मोटर साईकलमा आगजनी भएको छ । झडमा परेका स्थानिय आकाश चौधरी ,बिनेक चौधरी ,मिथुन कुमार चौधरी ,बच्चु चौधरी लगायत एकदर्जनको चन्द्रनिगाहपुर स्थित चन्द्रपुर अस्पतालमा उपचार भईरहेको छ । स्थानीय श्रीराम चौधरी ,लक्ष्मी चौधरी,जगनारायण चौधरी,दिपनारायण चौधरीको घर समेत तोडफोड भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।