नयाँ नियुक्ति गरेर ओलिले आफ्नो तानाशाही प्रवृत्ति देखाए:नेता यादब

374

गौर । केन्द्रमा पार्टी एकता गर्ने प्रयास भइरहँदा नेकपा एमाले केपी शर्मा ओली समूहले रौतहट सहित प्रदेश २ का तीन जिल्लामा अध्यक्ष र सचिव मनोनयन गरेको छ ।
निर्वाचित जिल्ला अध्यक्ष र सचिव भएपनि ओलि समुहले एकलौटी रुपमा अध्यक्ष र सचिव चयन गरेको हो । ओलि समूहले रौतहट अध्यक्षमा चन्द्रपुर ८ निवासी तुलसीराज गिरी र सचिवमा मनोज किमार यादबलाई चयन गरेको हो ।
पहिले वरिष्ठ नेता माधव कुमार नेपाल निकट रहेका जिल्ला अध्यक्ष कमल राय यादबलाई बाईपास गरेर ओलि समूहकी प्रदेश २ अध्यक्ष ज्वाला कुमारी साहले उनीहरुलाई अध्यक्ष र सचिवको जिम्मेवारी दिएको पत्र बिहिवार ९ मात्रै सार्वजनिक भएको थियो । नेतृ ज्वाला कुमारी साह माओबादी केन्द्र छाडेर आफ्नो पार्टीमा आएपछि ओलिले उपहार स्वरुप केहि समय अघिमात्रै प्रदेश २ को अध्यक्षको जिम्मेवारी दिएका थिए ।
एमाले सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तले ज्वाला कुमारी शाह आफै अवैध रहेकाले उनले अध्यक्ष र सचिव तोक्नुको कुनै अर्थ र तुक नरहेको प्रतिक्रिया दिएका छन् ।
एता माधब समुहका रौतहट अध्यक्ष कमल राय यादबले केन्द्रमा एकता प्रक्रिया चलीरहदा ओलि समुहले नयाँ नियुक्ति गरेर आफ्नो तानाशाही प्रवृत्ति झनै उदाङो पारेको र पार्टी एकता स्वयं ओलिकै अहंकारले बिथोलिने प्रतिक्रिया दिएका छ्न । एता निर्वाचित एमाले जिल्ला सचिब लक्ष्मण रेग्मिले एमालेको साधारण सदस्य समेत नरहेकी कथित प्रदेश कमिटी अध्यक्षले मनोनयन गर्नु आफैमा हास्यास्पद, बिधान बिपरित र कुनै बैधानिकता नरहेको प्रतिक्रिया दिए ।