रौतहटमा हात्ती आतंक,हात्ती नियन्त्रण गर्न टोली आउँदै

226

गौर । अबिरल बर्षाका कारण जलमग्न बनेको रौतहटमा हात्ती आतंक सुरु भएको छ । शुक्रबार राती जिल्लाको गरुडा नगरपालिकाको महादेवस्थानमा राम बिलास बैठाको घर भत्काएको हात्ती आज सनिबार माधवनाराण नगरपालिका पुगेको स्थानीयले बताएका छन् ।

माधवनारायण नगरपालिका ५ को मिठुअवा गाँउमा हात्ती घुमीरहेको स्थानीय नितेश गुप्ताले जानकारी दिए । हात्ती गाँउगाउमा घुमिरहेको जानकारी प्राप्त हुनासाथ चितवन र बाराको निकुञ्जबाट हात्ती नियन्त्रणमा लिने टोली बोलाईएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादबले जानकारी दिनुभयो । वन कर्मचारी र नेपाली सेनाको वन्यजन्तु नियन्त्रण(रेस्क्यु)टोली केही समयभित्रै आईपुग्ने प्रजिअ यादबले जानकारी दिनुभयो ।