मौलापुरमा दोहोरो झडप,नगर सभा भने सम्पन्न

267

मौलापुर । रौतहटकोे मौलापुरमा नगर सभा चलिरहदा दुई पक्ष बीच झडप भएको छ । मौलापुर नगरपालिकाको पाँचौ नगर सभाको बिरोध गर्दा पुर्व मन्त्री प्रभु साह पक्ष र अन्य दलका नेता कार्यकर्ता बीच दोहोरो झडप भएको हो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १४ राउन्ड हवाई फायर र २३ राउन्ड अश्रुग्यास प्रहार भएको छ ।

२ सशस्त्र र ५ नेपाल प्रहरी सहित ७ सुरक्षाकर्मी घाइते भएका छ्न । नगरप्रमुख रीना कुमारी साहले नगरपालिकामा व्यापक अनियमितता गरेको भन्दै केही दिन देखि नेपाली काँग्रेश, माओवादी केन्द्र, एमाले माधव नेपाल समुह र जसपा उपेन्द्र यादव समुहका नेता कार्यकर्ताले बिरोध गर्दै आएका छन् । झडप , विवादका वावजुद नगरसभा भने सम्पन्न भएको छ ।