रौतहटमा मङलबार ३ जनामा संक्रमण,८ जना निको

147

गौर । रौतहटमा मङ्गलबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ जना कोरोना संक्रमण मुक्त भएका छ्न ।जिल्ला अस्पताल गौरमा ४२ जनाको पिसिआर परिक्षण गराउदा ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ। रौतहटको अन्य स्थानिय तहहरुमा भन्दा चन्द्रपुर नगपालिकामा कोरोना संक्रमितको संख्या उच्च रहेको सिडिओ इन्द्रदेव यादवले बताएका छन् । चन्द्रपुर नगरपालिकामा हाल १९६ जना संक्रमितहरु रहेको यादवले बताए। जसमध्ये ३ जनाको शहिद स्मृति पार्कस्थित आइसोलेसनमा उपचार भई रहेको छ भने बाकी १९३ जना होम आइसोलेसनमा रहेका छन ।