बिपद व्यवस्थापनको संयुक्त रुपमा पुर्वअभ्यास

127

गौर । रौतहटमा बिपद ब्यबस्थापनको लागि पुर्व अभ्यास आजबाट सुरु भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सम्युक्त रुपमा गर्ने अभ्यास सदरमुकाम गौरस्थित बरहवा तालमा ३ दिन सम्म चल्नेछ । बाढी तथा डुवान बाट हुने जोखिम न्युनिकरणका लागि रौतहटमा पुर्वतयारी अभ्यासको आयोजना गरिएको छ ।


गौर स्थित बरहवा तालमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पुर्व तयारी अभ्यास गरेका छन ।
मंगलवार बाटशुरु भएको अभ्यास बिहिवार सम्म चल्ने रौतहटका सिडिओ इन्द्रदेव यादवले जानकारी दिएका छन ।


बाढी तथा डुवानबाट पिडित रौतहटबासी लाई उद्घार र राहतका लागी यस्ता अभ्यासहरुले थप सहयोग गर्ने बिश्वास लिएको छ ।
अभ्यासमा बाढीमा फसेकाहरुको उद्घार, घाइतेहरुको उद्घार,प्राथिमक उपचारको बारेमा जानकारी समेत दिइने छ ।