निषेधाज्ञामा प्रहरी र स्थानीयबिच झडप

94

गरुडा। रौतहटको गरुडामा आईतबार स्थानीय र प्रहरी बिच झडप भएको छ । गरुडा नगरपालिका–२ गेडाहीगुठी टोलमा जयलाल सहनीका छोरा , राजाराम सहनी का छोरा र खहेरुराय यादवको छोरी समेत ३ जनाको विवाहमा डिजे बजाएर भिडभाड गरिएको भन्दै प्रहरी सम्झाउन गएको थियो ।
प्रहरी टोलीलाई स्थानीयले राती ९ बजे ढुंगामुढा गर्दै बांसको लौरोले प्रहार गरेका थिए । निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जाने क्रममा प्रहरीले रोक्न खोजे पछि स्थानीय र प्रहरी बिच झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता,डिएसपी भरत श्रेष्ठले जानकारी दिए । प्रहरीले लाउडस्पिकर नबजाउन आग्रहगर्दै जन्तीको गाडीलाई सम्झाउन खोज्दा अचानक प्रहरीमाथी हातपात भएको र झडपको स्थिीती सिर्जना हुन पुगेको डिएसपी भरत श्रेष्ठले बताए । झडपमा परि ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरे सहित ६ प्रहरी घाइते भएका छन । घटनामा संलग्न दिलीप सहनी, सुनील सहनी र राधा सहनीलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखि अनुसन्धान गरिरहेको प्रबक्ता श्रेष्ठले बताए ।