घट्दै कोरोना :पछिल्लो २४ घण्टामा साढे चार हजार संक्रमित थपिए, सात हजार निको भए

69
तस्बिर/स्वास्थ्य मन्त्रालयको फेसबुक पेजबाट लिईएको ग्राफ।

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या  ६ लाख ६ हजार १ सय ५५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ५१ जना कोरोना भाइरसको संक्रमणबाटमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९ सय ६० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ९२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोभिड१९ का कारण ज्यान गुमाउनेको संख्या  ७ हजार ९ सय ९० पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ८५ हजार ५ सय ४४ रहेको छ । पछिल्लो २४ घण्टामा १२ हजार २ पीसीआर र ५ हजार ९ सय १ जनाको एन्टीजेन परीक्षण विधिबाट कोभिड१९ को संक्रमण जाँच भएको छ ।