रौतहटमा निशेधाज्ञा थप

83

बैंक तथा वित्तीय संस्था, खाद्य सामाग्री, किराना, फलफुल र तरकारीका पसलहरु हप्ताको ३ दिन मात्र खुल्ने

गौर, रौतहटमा जेष्ठ २६ राती १२ बजेसम्म निषेधाज्ञा थप गरिएको छ । बैंक तथा वित्तीय संस्था, खाद्य सामाग्री, किराना, फलफुल र तरकारीका पसलहरु हप्ताको ३ दिन – आइतवार, मंगलवार र बिहिवार मात्र संचालन गर्न सकिने छ भने अन्यको हकमा निषेधाज्ञा यथावत राखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।