लकडाउनको अवधिमा होटेलमा जुवा खेल्ने १० जना जुवाडेहरु पक्राउ

156

लकडाउनको अवधिमा होटेलमा जुवा खेल्ने १० जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । गौर नगरपालिका वडा नं.१ स्थित सुर्य बैम्बो रेष्टुरेन्ट भित्र तास जुवा खेलीरहेको अवस्थामा प्रहरी टोलीले गौर नपा १ का करण कुमार यादव,राजाबाबु महतो,विवेक जैसवाल,अर्जुन कुमार बैठा,अरुण कुमार महतो,गौर ३ का आशिष कुमार,गौर ५ का शिवशंकर यादव,राज्देबी राजदेबी नपा ४ का पुसपेन्द्र झा, ६ का असलम मिक्रानी र होटल सन्चालक सर्लाही जिल्ला बलरा न. पा. ३ का अभिषेख मिश्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता,डिएसपी भारत श्रेष्ठले जानकारी दिएका छन।  उनीहरुको साथबाट  ११ थान मोबाइल सेट ,३ सेट तास र ६४ हजार १ सय ६५ रुपैया नगद बरामद भएको र पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भई रहेको प्रबक्ता श्रेष्ठले जानकारी दिए ।