रौतहट:खाली अक्सिजन सिलिण्डर भए साहलाई सम्पर्क गरौं

912

चंद्रपुर । रौतहटको चन्द्रपुर २ स्थित अस्थाई कोभिड अस्पताललाई २३ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ । मंगलबार साझा व्यवसाय सीप विकास प्राली,चन्द्रपुर ४ ले ७.६ किलो तौल भएका २३ वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो । संस्थाका कार्यकारी निर्देशक सुरेश प्रसाद साहले रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य देब प्रसाद तिमलसिना,चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी,ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डोरेन्द्र निरौला,गुजरा नगरपालिकाका प्रशासकीय अधिकृत बिनोद कुमार जयसवाल र संञ्चारकर्मीहरुको उपस्थितीमा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन ।

साहले जिल्लाभरी खाली सिलिण्डर उपलब्ध गराएमा आफ्नो संस्थाले त्यसलाई रिफिल गरेर अस्पताललाई दिने बताए । उनले जहाँ कहिँ पनि खाली सिलिण्डर भए तुरुन्त उपलब्ध गराएर अक्सिजनको अभाव टार्ने काममा सहयोग गर्न आग्रह समेत गरेका छन् ।