रौतहट:५ को मृत्यु,७५ नयाँ संक्रमीत थपिए

162

गौर । रौतहटमा आज आइतबार कोरोना (कोविड १९) का ७५ संक्रमित थपिएका छन । जिल्ला अस्पतालको पिसिआर ल्याबमा २३० जनाको स्वाब परिक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । आज थपिएका मध्ये सबैभन्दा बढी चन्द्रपुर नगरपालिका ३३ जना रहेका छन । पछिल्लो २४ घण्टामा अस्थायी कोविड अस्पताल गौरमा ४ जना र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा १ संक्रमितको मृत्यु भएको छ ।

जिल्लामा सबैभन्दा बढी चन्द्रपुरमा १ सय १३ जना र गौरमा १०८ संक्रमित रहेका छन । यसै गरी सबै भन्दा कम वृन्दावन नगरपालिकामा ३ जना रहेका छन । रौतहटमा कोरोना संक्रमितको कुल सँख्या ६ सय ४६ पुगेको छ ।