चन्द्रपुर नगरभरिका बैंक तथा वित्तिय संस्था हप्तामा तीनदिन मात्र खुल्ने

652
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

रौतहट ३१,बैशाख  । देशभर कोरोनाको दोस्रो लहर बढेसंगै संक्रमण बढ्ने खतरालाई मध्यनजर गर्दै चन्द्रपुर नगरभरीका सबै बैंक तथा वित्तिय आलोपालो गरि हप्तामा तीनदिन सुचारु हुने भएका छन् । बैंक तथा वित्तिय संस्थाहरु शुक्रवार विहान १० बजेबाट दिउसो २ वजेसम्म सुचारु हुने भएको हो । कोरोना संक्रमणको जोखिम बढेसंगै संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सन्दर्भमा उच्च सतकर्ता अपनाई हप्ताको तिन दिन आलोपालो गरी संचालन गर्न चन्द्रपुर नगरपालिकाले अनुरोध गरेको छ । नेपाल बैंक, एभरेष्ट बैंक , ग्लोबल आइएमइ बैंक , सनराइज बैंक , सिद्धार्थ बैंक , कुमारी बैक , लुम्बिनि बैक , ज्योती विकास बैक , महालक्ष्मि विकास बैक , कृषि बिकास बैंक , राष्ट्रिय बाणिज्य बैक र माछापुच्छ्रे् बैंक आइतबार , मंगलबार र विहिबार सेवा प्रवाह गर्नेछ । त्यसैगरि एसविआइ बैंक , प्रभु बैंक , नेपाल क्रेडिट एण्ड कमर्स बैंक , एनवि बैंक , एनआइसि बैंक , सानिमा बैंक , सिभिल बैंक , नबिन बैंक , मुक्तिनाथ बैंक ,गरिमा विकास बैंक , कामना बैंक र गुहेश्वरी मर्चेन्ट बैंक सोमबार , बुधबार र शुक्रबार सेवा दिनेछ ।