शुक्रबार राती १२ बजेबाट रौतहटमा निषेधाज्ञा

166

रौतहट २३, बैशाख/
रौतहटमा २४ गते शुक्रबार राती १२ बजेबाट लागु हुने गरी निषेधाज्ञा जारी लगाएको छ । जिल्ला प्रशाशन कार्यलयले एक बिज्ञप्ती निकाली निषेधाज्ञा जारी गरेको जनाएको छ ।
बिहिवार गौरमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख २४ गते सुक्रवार राती १२ बजे देखि लागू हुने गरी बैशाख ३१ गते सम्मको लागी निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको बताए ।
यादवद्वारा जारी गरिएको विज्ञप्तिमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र निस्कनै परे जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ । त्यस्तै खाद्यान्न, सागसब्जी, माछामासु, औषधी उपकरण बिक्री गर्ने लगायतका सम्पूर्ण व्यवसायहरु स्वास्थ्यका मापदण्ड अपनाएर सञ्चालन गर्न आग्रह गरिएको छ । होटल-रेस्टुरेन्ट,ब्युटी पार्लर,जिमखाना,शैक्षिक संस्था र ट्युसन सेन्टर संचालन गर्न पाईने छैन भने स्वास्थ्य मापदण्ड सहित सैलुन खोल्न बिज्ञप्तिमा भनिएको छ । बिबाह,ब्रत-बन्ध,मृत्यु संस्कारजन्य कार्यक्रममा अनिवार्य रुपमा स्वास्थ्य मापदण्डको पालना गरि बढीमा १५ जना उपस्थिति जनाई सम्पन्न गर्न अनुरोध गरिएको छ ।
साथै विज्ञप्तिमा हाटबजार, मेला र जात्रा जस्ता भीडभाड हुने कार्यक्रम सञ्चालनमा रोक लगाइएको उल्लेख छ ।