रौतहटका थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु

997
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

रौतहट २३ ,बैशाख/
रौतहटका थप ४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा गौर नगरपालिका १ का ५४ वर्षीय पुरुषको बिहान ५ बजे र फतुवा विजयपुर ८ का ७० वर्षीय बृद्ध रहेका छन । बिहिवार ८ बजेको समयमा उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पतालमा उनीहरुको ज्यान गएको हो । ५४ वर्षीय पुरुषमा बैशाख २१ गते कोरोना पोजेटिभ देखिएको थियो भने ७० वर्षीय बृद्धमा २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै आज बिहान ११ बजे रौतहटको गढ़िमाइ नगरपालिका ४ सुन्दरपुर बस्ने ३६ वर्षीय पुरुष को नेशनल मेडिकल कलेजमा र कटहरिया नगरपालिका ७ बस्ने ६० वर्षीय महिलाको नारायणी उपक्षेत्रीय अस्पताल बिरगंजमा ११ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले तथ्यांक सार्वजनिक गरि जनाएको छ। मृत्यु भएका ३६ वर्षीय पुरुष र ६० वर्षीय महिलामा २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। दोस्रो चरणको कोरोनाको कहर बढे संगै रौतहटका ९ जनाले कोरोनाबाट ज्यान गुमाई सकेका छन् ।