रौतहटमा सवारी साधन , होटल ,रेस्टुरेन्ट पूर्ण रुपमा बन्द हुने

957
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

रौतहट २२,बैशाख
रौतहट सदरमुकाम गौर सहित जिल्लाको विभिन्न स्थानहरुमा बढ्दो भिडभाडलाई नियन्त्रण गर्ने उद्देश्यबाट आउदो शुक्रवार राति १२ बजे देखि सवारी साधनको साथै होटेल रेष्टुरेन्ट बन्द गर्ने भएको छ । रौतहटमा पनि कोरोना संक्रमितको दर बढ्दै गएकोले होटल तथा सवारी साधन बन्द गरिएको रौतहटका सिडिओ इन्द्रदेव यादवले बताउनुभयो । रौतहटमा अहिले सम्म दोस्रो चरणको कोरोना सक्रिय संक्रमितको संख्या १९० रहेको छ। जसमध्य सबै भन्दा बढी गौर नगरपालिकामा ४९ जना संक्रमित रहेका छन् ।