पार्टी परित्याग गरी माओबादीका ५ जना नेपाली काग्रेसमा प्रबेश

289

रौतहट ११,बैशाख
रौतहटमा अरु दल त्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गर्नेहरु बढेका छन् । आज मात्रै नेकपा माओबादी पार्टी परित्याग गरी पाँच जना आज नेपाली काग्रेसमा प्रबेश गरेका छन । रौतहटको चन्द्रपुर नगरपालिका–७ बनबहुअरीमा आज नेकपा माओबादी परित्याग गरी दल बहादुर कार्की, भगवान कार्की, नेत्र बहादुर बिक, गणेश भण्डारी र भिम पौडल नेपाली काग्रेसमा प्रबेश गरेका हुन । उनीहरु लाई नेपाली काग्रेसका महासमिति सदस्य एबम प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले पार्टी प्रबेश गराउनु भएको हो । शनीबार एक कार्यक्रम बीच उहाहरुले नेपाली काग्रेसको सिध्दान्त, बिचार प्रति आस्था जागेकोले नेकपा माओबादी परित्याग गरेको बताएका छन । सोही कार्यक्रममा नेपाली काग्रेसका महासमिति सदस्य देब प्रसाद तिमल्सिनाले सबै अटाउने र भाबनात्मक सम्बन्ध जोडने पार्टी नेपाली काग्रेस भएकाले अरु लाई पनि प्रबेश गर्न आग्रह गर्नु भयो । प्रचार भन्दा काममा बिश्वास लिन सके मात्र देशको बिकास हुने भन्दै उहाले नब प्रबेशीहरुको उच्च सम्मान र मुल्याकन हुने बताउनु भयो । सोही कार्यक्रममा चन्द्रपुर नगरपालिकाको वडानम्बर ७ का अध्यक्ष बिष्णु उप्रेतीले नबप्रबेशी लाई स्वागत गर्नुहुदै एकै सुत्रमा बाधिएर अघि बढनु पर्ने बताउनु भयो । गत बिहिवार मात्रै माओवादी त्याग गरी रौतहट चन्द्रपुर न.पा ६ का सुर्दशन नेपाल र कुष्ण चापागाई माओवादी केन्द्र त्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।