तिमल्सिना समाज रौतहटको अध्यक्षमा कृष्ण प्रसाद चयन

129

रौतहट ११,बैशाख / तिमल्सिना समाज रौतहटको अध्यक्षमा कृष्ण प्रसाद तिमल्सिना चयन भएका छन् । चन्द्रपुर-४ कप्तानटोल भिउ टावरको प्राङ्गणमा तिमल्सिना समाज रौतहटको चियापान तथा भेटघाट कार्यक्रमले कृष्ण प्रसाद तिमल्सिनालाई अध्यक्षको जिम्मेवारी दिईएको हो । भेलाले ११ सदस्यीय समिति रहने गरि तिमल्सिना समाजको गठन गरिएको छ। जसको उपाध्यक्षमा सहदेव तिमल्सिना,कोषाध्यक्षमा लिलाधर तिमल्सिना,सचिवमा गोविन्द्र प्रसाद तिमल्सिना,सहसचिवमा रुकु तिमल्सिना चयन भएका छन् । । यस्तै सदस्यमा प्रेम तिमल्सिना,बिकाराम तिमल्सिना,राम प्रसाद तिमल्सिना र अजय तिमल्सिना रहेका छन् । नव गठित समितिले तिमल्सिना समाजको हक हितको लागी सक्रिय भएर अगाडी बढने लगायतका बिभिन्न निर्णय गरेको अध्यक्ष कृष्ण प्रसाद तिमलसिनाले जानकारी दिए । रौतहट जिल्ला भित्र छरिएर रहनुभएका सम्पुर्ण दाजुभाइहरुलाइ संगठित बनाएर अगाडी बनाउन दृढ रहेको अध्यक्ष तिमलसिनाले प्रतिबद्धता जनाएका छन् ।भेलाले सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकारमा कमल प्रसाद तिमल्सिना, माननीय सांसद देव प्रसाद तिमल्सिना,राजेन्द्र प्रसाद तिमल्सिना,गोपाल प्रसाद तिमल्सिन,लिला तिमल्सिना, छबिलाल तिमल्सिना र हर्क बहादुर तिमल्सिनालाई राखेको छ । कार्यक्रमका प्रमुख अतिथि रौतहट क्षेत्र न ४ का सांसद देव प्रसाद तिमल्सिनाले देशभरका तिमलसिना दाजुभाइ एकजुट भएर अगाडी बढनु पर्ने र त्यसको लागी सक्दो सहयोग गर्न आफु तत्पर रहेको  बताए । भेलामा रौतहट जिल्ला भरीका तिमलसिनाहरुको उपस्थीती रहेको थियो ।