रौतहटमा चट्याङ्ग लागेर एकजनाको मृत्यु

93

रौतहट,९ बैशाख
रौतहटमा चट्याङ्ग लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुजरा नगरपालिका ७ मा बसोबास गर्ने रामलखन महरा रहेका छन्। आफन्तको घरमा जयराजपुर बिहेमा आएका महराको मृत्यु भएको हो । महरा बिहान ५ बजे खेतमा शौच गर्न गएको अवस्थामा उनलाई चटयाङ्ग लागेको इलाका प्रहरी कार्यालय रौतहटले जनाएको छ। महराको शव पोष्टमार्टमको लागि चन्द्रपुर अस्पतालमा राखिएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनु भयो । हावाहुरी संगसंगै चट्याङ्गको समयमा घर बाहिर ननिस्किन प्रशासनले अनुरोध गरेका छन् ।