रौतहटमा शुक्रबार ७ जनाको परिक्षण गर्दा ६ जनामा कोरोना पुष्टि

118

गौर, ३ वैशाख । शुक्रवार रौतहटमा ७ जनाको स्वाव परिक्षण गर्दा एक नाबालक सहित ६ जनामा कोरोना संक्रमित भएको पुष्टि भएको छ । गौर अस्पतालमा पिसिआर स्वाव परिक्षण गराउन आएका सर्लाही जिल्ला बलरा नगरपालिकाको लक्ष्मिपुरका एक १५ महिने बालक, गौर नपा २ स्थायी घर भएका १८ बर्षिय महिला, १६ बर्षिय पुरुष दुवै जना भारतको राजधानी नयाँ दिल्लीबाट आएका रौतहट बौधिमाई नपा कोपवा पिपरियाका एक पुरुष, र गरुडा नगरपालिकाको महम्मदपुरका एक जना विद्यार्थीमा कोरोना संक्रमित पाइएको अस्पतालले जनाएको छ ।
गरुडा महम्मदपुर घर भएका विद्यार्थी काठमाण्डौमा अध्ययन गरिरहेका छात्र दुई दिन अघि घर आएका थिए उनी पुन ः काठमाण्डौ जानको लागि पिसिआर जाँच गराउन अस्पताल जादा कोरोना पोजेटिभ भएको गौर अस्पताल श्रोतबाट बुझिएको छ । हिजो मात्रै रौतहटको एक माध्यमिक विद्यालयका शिक्षक कोरोना संक्रमित भएपछि उक्त विद्यालयको शिक्षकहरु कन्ट्रयाक्ट टे«सिंगमा छन ।