बागमती नदीमा मनपरी: नगरपालिकाको स्वीकृति बिनानै मोटरबोट चलाउदै,रकम कुम्ल्याउदै

386

पौराई । चन्द्रपुर नगरपालिका १ मा रहेको पर्यटकियस्थल नुनथर क्षेत्र स्थित बागमती नदीमा संचालनमा रहेको मोटरबोट नगरपालिकाको स्विकृत बिना नै संचालनमा रहेको छ ।
सम्वन्धित निकायबाट स्विकृती नलिइ बागमती नदीमा मोटरबोट संचालन गरेको भन्दै स्थानियले बिरोध जनाएका छन ।
एकबर्ष अघि देखी नुनथर क्षेत्रको बागमती नदीमा मोटरबोट संचालनमा छ । पछिल्लो दिनहरुमा ५ वटा मोटरबोट संचालनमा रहेको छ ।
एकजना यात्रुको एकसय ५० भाडा उठाउने गरीएको छ । बागमती इन्टरटेनमेन्ट प्रालिले पर्यटकिय चन्द्रपुर बिकास समिती नामक सस्था संगको सहकार्यमा मोटरबोट संचालन गरी एक व्यक्ति बराबर एकसय ५० उठाउने गरेको हो ।
संचालक आफैले भाडाको दर तोकेर लिन नपाउने नगरकार्यपालिकाको बैठकले तोक्नुपर्ने, मोटरबोट संचालन गर्ने स्थान र क्षेत्र नगरपालिकाले तोक्नुपर्ने चन्द्रपुर नगरपालीकाका एक नगरकार्यपालिका सदस्यले बताए ।
एकबर्ष देखी लाखौ रकम निजी कम्पनीले सर्वसाधारणबाट असुली गरीरहेपनि सरोकारवाला निकायले ध्यान नदिएको स्थानीय मदन एस्मालीले गुनासो गरेका छन ।
स्थानिय तहको ऐनमा मोटरबोट संचालनका लागी नगरपालिका संग स्विकृती लिनुपर्ने उल्लेख छ । बन क्षेत्रमा रहेकाले बन कार्यालय संग समेत स्विकृती लिनुपर्ने नियम छ । नुनथर धार्मिक बन दर्ता रहेकाले धार्मिक बन संगपनि समन्वय हुनुपर्ने बताइएको छ ।
सुरक्षा मापदण्ड बिना नै मोटरबोटमा यात्रुहरु राख्ने गरीएको छ । दक्ष चालक नहुनु , सुरक्षा र उद्धारका सामाग्री बिना नै मोटरबोट संचालनगर्दा जोखिम बढेको गुनासो छ ।
नुनथर क्षेत्रमा दैनिक सयौ मानिस घुम्न आउने गरेका छन । चैत बैसाखमा नुनथर क्षेत्रमा बनभोज तथा घुम्न आउनेको घुइचोनै लाग्ने गरेको छ । ती मध्ये अधिकाश मोटरबोट चढ्छन । तर उनीहरुले तिरेको पैसा कहा जान्छ भन्ने कुनै निकायलाइ जानकारी छैन । बागमती नदीमा मोटरबोट संचालनगरी रकम उठाइरहेको कम्पनीले सुरक्षा मापदण्ड अपनाएर यात्रुहरु चढाउने गरेको दावी गरेपनि रकम असुल्ने अनुमति कतैबाट नपाएको स्थानियले बताएका छ्न ।