बिहिबार वीरगन्जमा एक जना कोरोना संक्रमितको मृत्यु

67

पर्सा । वीरगन्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका २ की ४२ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। गत चैत २९ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भर्ना गरिएको ती महिलाको त्यहि दिन पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि अस्पतालकै आइशोलेशन वार्डमा भर्ना गरेर उपचारको क्रममा बिहीबार बिहान सवा ८ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिए । यसअघि गत मंगलबार नारायणी अस्पतालमै पर्साका १ र बाराका १ जना गरी २ जना संक्रमितको मृत्यु भएको थियो ।