कुमारी बैंकको २०औ बार्षिक उत्सवको अवसरमा चन्द्रपुरमा बृक्षारोपण

4840

चन्द्रपुर। रौतहटको चन्द्रनिगाहपुरमा रहेको कुमारी बैकले बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।देशैभरी १९३ शाखा , १३ एक्स्टेन्सन काउन्टर र २५ वटा शाखारहित सेवा दिदै आएको छ ।आफ्नो २० औ बार्षिक उत्सवको अवसरमा कुमारी बैक चन्द्रपुर शाखाले हातेमालो सामुदायिक बन उपभोक्ता समितिको कार्यलयको प्राङ्गणमा बृक्षरोपण गरेको शाखा प्रबन्धक सन्दिप कुमार चौधरीले बताए । बार्षिक उत्सव को अवसरमा देशै भरी रहेको शाखाहरुले रक्तदान,बृक्षरोपण,सामुदायिक ठाउँ मठ-मन्दिरमा सरसफाई गरि २० औ वार्षिकउत्सव मनाइएको चौधरीले बताए ।। त्यसको साथसाथै कुमारी बैंकको प्रादेशिक कार्यलय एवम् सबै शाखाहरुले गुणस्तरीय सेवा दिदै आएको र आगामी दिनमा पनि उच्च मनोबलका साथ सेवा दिने शाखा प्रबन्धकले बताउनुभयो । हातेमालोको प्राङ्गणमा मा विभिन्न प्रजातिका अशोक , धुपी , असोक , साल , मसला गरि करिव ६० वटा भन्दा बढी वृक्षहरु रोपण गरिएको थियो। कार्यक्रममा हातेमालो सामुदायिक उपोभोक्ता समिती का आध्यक्ष रामलाल ठोकर समितिका पदाधिकारी कुमारी बैक का कर्मचारि,स्थानीय तथा संचारकर्मी को उपस्थिति रहेको थियो। यस्तै कुमारी बैक लिमिटेड चन्द्रपुर शाखामा कार्यरत पवन भट्टले यस्ता सामाजिक काममा बैक उत्तरदायी भई आघी बढ्न सके,बैकले चन्द्रपुर वासिको मान जित्न सफल हुने बताए ।