महिलाको शव बरामद,सनाखत गराउन प्रहरीको अनुरोध

749
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

गौर । बिहिबार रौतहटमा मृत अवस्थामा एक महिलाको शव फेला परेको । यमुनामाई गाउपालिका वडा नं.५ झुनखुनुवा वस्ने सुन्दर साहको खेतमा नामथर वतन नखुलेको अन्दाजी २४/२५ बर्षीय महिलाको भुसको आगोमा आधा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए । घट्ना सम्बन्धमा थप अनुसन्धान भईरहेकाले लासको सनाखत हुन नसकेको र पहिचान गर्ने सक्ने व्यक्तिहरुले जिल्ला प्रहरी कार्यालय, रौतहटको मोबाईल नं.९८५५०४०९९९, १०० मा सम्पर्क गरी वा उपस्थित भई सनाखत गराउन समेत डिएसपी श्रेष्ठले आग्रह गरेका छन् ।