प्रहरीको आचरण असल हुनुपर्छ,सेवा प्रवाह छिटो छरितो हुनुपर्छ : एआईजी पाल

202

काठमाडौ । प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक हरि बहादुर पालले प्रहरीको आचरण र ब्यवहार असल हुनुपर्ने बताउनुभएको छ । मंगलबार महानगरीय प्रहरी परिसर, ललितपुर निरीक्षणको क्रममा उहाले प्रहरीले आचरण,व्यवहार राम्रो राख्दै नागरिकको काम छिटो,छरितो ढंगले सहज सेवा प्रवाहमा जोड दिनुपर्ने बताउनु भएको हो ।

उहाँले शाखाहरूको निरीक्षणका क्रममा हिरासत कक्ष भित्र थुनुवाहरूको प्रयोजनको लागि स्थापना गरिएको किताब कर्नरमा पुस्तक समेत प्रदान गर्नुभएको छ ।

उहाँले परिसर तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिदै सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई अनुशासित र लगनशिल भइ तोकिएको जिम्मेवारी त्रुटी रहित ढंगवाट सम्पादन गर्न आवश्यक रहेको बताउनुभयो ।