७६ घरधुरिमा ३ वटा मात्र चापाकल:मुसहर बस्तिमा पानी भर्न सधैं किचलो

186

चन्द्रपुर,१० चैत ।चन्द्रपुर नगरपालिका–९ चेतनगरस्थित मुसहर बस्तीमा अझैपनि पानीको समस्या रहेको छ । पीउने पानी भर्ने चापाकल बस्तीमा थोरै भएका कारण त्यहा पानी भर्न लाईन बस्नुपर्ने बाध्यता छ । सोही बस्तीकी ४५ वर्षीया श्यामा मुसहर सोमबार दिउसो हतारमा पानी भर्दै थिइन ।
छेउमै रहेकी इन्दु मुसहर पालो कुरिरहेकी थिइन । बिहान धारामा पानी भर्न लाग्दा छिमेकी जसुना मुसहरसित बाझाबाझ भएपछि श्यामा दिउसो पानी भर्न आएकी हुन ।
बस्तीका ७६ घरधुरीका लागि ३ वटा मात्र चापाकल छन । यही कारण पटक–पटक छरछिमेकमै झगडा र विवाद हुने गरेको छ । बिहान खाना बनाउने समय भन्दै अधिकांश महिला धारामा पानी लिन पुग्नुपर्ने बाध्यता छ । त्यही बेला भीड लाग्छ । पर्याप्त धारा नभएकै कारण छिमेकीसितको सम्बन्ध बिग्रन थालेको श्यामाले गुनासो गरिन । बिहान खाना पकाउने बेला पानी नहुने र धारामा गयो भने समयमा पालो नआउने समस्याका कारण कहिलेका“ही छिमेकीसंग पानीकै कारण सम्बन्ध बिग्रिने गरेको उनले बताईन ।
त्यहाका सबै परिवार सुकुम्बासी हुन । उनीहरूको चापाकल गाड्ने ठाउ छैन । आफ्नो जमिन छैन, धारा कहा राख्ने भन्ने चिन्ता उनिहरुलाई छ ।
मुसहर अगुवा शंकर माझीले स्थानीय पानी पिउनै नपाएर मर्ने हुन् कि भन्ने चिन्ता लाग्न थालेको बताए । यसै क्षेत्रमा संघीय सांसद देवप्रसाद तिमल्सिनाले मुसहर बस्तीमा खानेपानीको चाडै व्यवस्था गरिदिने प्रतिबद्धता जनाए । यति ठूलो बस्तीमा ३ वटा धाराले नचल्ने भन्दै दीर्घकालीन रूपमै खानेपानीको व्यवस्था गर्न पहल गर्ने सांसद तिमलसिनाले प्रतिबद्धता जनाए ।