रेल्वेको ड्यामका कारण स्थानीय चिन्तित

737

चन्द्रपुर । पुर्व—पश्चिम रेलमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकामा निर्माणधिन रेल्वे ट्रयाकको ड्यामका कारण स्थानीय चिन्तित बनेका छन् ।
जाडोयाम कटेको र बर्षाको समय नजिक“दै गएपनि चन्द्रपुर ७ र ८ का स्थानीय बासिन्दा चिन्तित बनेका हुन । घरछेउबाटै रेल गुड्ने भएपछि चन्द्रपुर–८ सन्तपुरका ४९ वर्षीय कृष्ण चौधरी खुसी थिए । रेल गुड्ने लिकमा उनको पनि चार कठ्ठा जग्गा परेको छ । तर रेल गुड्न बनाइएको ड्याम देखेपछि उनको होस उडेको छ । रेलवे लिकका लागि बस्तीभन्दा करिब १५ फिट अग्लो सडक र कल्भर्ट निर्माण गरिएपछि बर्खाका बेला डुबिने हो कि भन्ने चिन्ताले चौधरीलाई सताएको छ ।
रेल गुड्ने ठीक उत्तरतिर उनको घरसहित पुरानो बाक्लो चौधरी बस्ती छ ।
अग्लो बा“धका कारण पानीले निकास नपाउ“दा डुबान खेप्नुपर्ने भन्ने चिन्ता परेको उनले बताए । यता चन्द्रपुर ७ मा पनि व्वस्थित रुपमा पानीको निकास नगरिकनै रेल्वेको ड्याम स्थानीय बासिन्दा स्याम फनैतले लापरवाही गरेर बनाईएको ड्यामका कारण स्थानीय बर्षामा ड्याम भत्किने हो कि भन्ने चिन्तामा परेका बताए ।
वर्षायाममा दुःख पाउ“छौं, बाढीमा घरबार डुब्ने हो कि ? अब रेलभन्दा पनि डुबानकै चिन्ताले सताउन लागेको अधिकांश ७ र ८ नम्बर वडाका बासिन्दाको भनाई छ । सानो कल्भर्टले पानी थेग्न नसक्ने भएपनि ठेकेदार कम्पनीले आफ्नो मनोमानी ढंगले काम गरेका कारण पानीमा डुबेर रेल देख्न नपरो भन्ने चिन्ता रहेको चन्द्रपुर ७ का वडाध्यक्ष विष्णु प्रसाद उप्रेतीले बताए ।
रेलको ट्र्याक निर्माण गर्न बनाइएको २५÷२६ फिट अग्लो ड्यामले नजिकको बस्ती र खेतीयोग्य जमिन डुबानमा पार्ने हो कि भन्नेमा वडाबासी चिन्तित रहेको उनको भनाई छ ।
उता चन्द्रपुर ८ को बेतौनाका स्थानीय गौरब खड्का पानीको बहावका लागि व्यवस्थित ढंगले पुल, कल्भर्ट र नाला निर्माण नगरिएकाले बर्खाका बेला डुबान हुन्छ भन्नेमा चिन्तित बनेर बस्न बाध्य भएको बताउ“छन् ।
लिकका लागि निर्मित अग्लो सडकले पानी थुनिएर बेतौना क्षेत्रमा गत वर्ष खेत डुबानमा पारेको थियो । जमिनको सतहबाट १० देखि २५ फिट अग्लो बाँधजस्तो रेलमार्ग र नेपालतर्फको एकीकृत भन्सार जा“च चौकी (आईसीपी) लाई चारैतिरबाट पर्खाल लगाइने भएकाले पानी निकासमा अवरोध हुने धेरैको अनुमान छ । रेल विभागले रौतहटको वाग्मतीदेखि लक्ष्मीनियासम्म १७.८ किलोमिटर ट्र्याक बनाउन चार वटा प्याकेजमा ठेक्का लगाएको छ । सबै प्याकेज २०७८ माघ १४ मा सक्नुपर्ने सम्झौता छरु। पहिलो चरणमा लमाहासम्म मात्र ट्र्याक बनाउन लागिएको हो । रेलवे विभागका डीई देवेन्द्र साहले भने जग्गाको उचाइको अवस्था हरेर त्यहीअनुसारको अग्लो ड्याम बनाइएको र पानीको निकासका लागि पर्याप्त कल्भर्ट निर्माण भइरहेकाले समस्या नहुने दाबी गरेपनि स्थानीय भने आश्वस्त हुन सकेका छैनन् ।