साइबर अपराध न्यूनीकरण सम्बन्धि २ दिने तालिम सम्पन्न

530

चन्द्रपुर / रौतहटको चन्द्रपुर नगरपालिका ७ बनबहुअरीमा साइबर अपराध न्यूनीकरण सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ७ को सहयोग र जनसरोकार मिडिया प्रालीको आयोजनामा २ दिने तालिम सम्पन्न भएको हो । बनबहुअरीको श्री कालिका माध्यमिक विद्यालयमा अध्यनरत कक्षा ७,८,९ र १० का विद्यार्थीलाई दिइएको सो तालिमको चन्द्रपुर नगरपालिका ७ का वडाध्यक्ष विष्णु प्रसाद उप्रेतीले मैनबत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

तालिममा वडाध्यक्ष उप्रेतीले विद्यार्थीलाई साइबर अपराध अत्यन्तै गहन विषय भएकोले यस सम्बन्धि गम्भीर भएर ज्ञान लिन विद्यार्थीलाई आग्रह गर्नुभएको थियो ।
अहिले यो प्रविधिको युगमा धेरैजसो प्रविधिको सदुपयोग भन्दा पनि दुरुपयोग बढेकोले साइबर क्राइम न्यूनीकरण सम्बन्धि तालिम अति आवश्यक रहेको उँहाले बताउनुभयो । साइबर अपराध न्यूनीकरण सम्बन्धि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रहरी निरीक्षक चन्द्रभुषण गादब र पत्रकार ओमकिशोर चौधरीले प्रशिक्षण दिनुभएको थियो । साइबर क्राइम कस्तो हो ? ,यसले कस्तो असर पुर्याउँछ ? यदी साइबर क्राइममा परे यसबाट कसरि बच्न सकिन्छ ? ,कसको सहारा लिने भन्ने विषयमा उँहाहरुले विद्यार्थीलाई प्रष्ट पारिदिनुभएको थियो । सामाजिक संजालको सदुपयोग कसरि गर्ने ,प्रविधिका फाइदा र बेफाइदाका बारेमा पनि विध्यार्थिलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको समापनका दिन कार्यक्रममा प्रमुख चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले सामाजीक सञ्जालको पहुंच सबैमा पुगेकाले विद्यार्थी भाईबहिनिहरुले यसको प्रयोखमा चनाखो हुनुपर्ने बताउनुभयो । मेयर चौधरीले साईबर अपराध बढ्दै गहिरहेको हालको परिस्थतीका कारण यसको रोकथामका लागी यसबारे बुझेर अरुलाई समेत सतेत गराउनुपर्ने धारणा राख्नुभएको थियो ।वडा अध्यक्ष विष्णुप्रसाद उप्रेती,नगरप्रमुख रामचन्द्र चौधरी,इलाका प्रहरी कार्यालयका प्रनि चन्द्रभुषण यादब,प्रधानाध्याप राजेश शर्मा खनाल पत्रकार सन्जय कार्की,अनमोल कार्की राकेश यादब,बिद्यालयका शिक्षक÷शिक्षिका लगायत सो विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।