चन्द्रपुर वडा नम्बर ५ को सभापतिमा नेता गिरिनै कायम

463

चन्द्रपुर ।नेपाली काङ्ग्रेस चन्द्रपुर नगरपालिका वडा नम्बर ५ को सभापतिमा युवा नेता मुकेश गिरिलाई कायम गरिएको छ । यसअघि उजुरी परेपछी केन्द्रिय निर्वाचन समितिले २०७७ असोज ६ गते सोही वडाका दामोदर घिमिरेलाई सभापतिको जिम्मेवारी दिएको थियो । त्येस्तै रौतहट क्षेत्र न.३ को सभापतिमा राम अयोध्या राय यादबलाई कायम गरेको छ । २०७७ असोज ९ गते नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिमा राम भरोसा प्रसाद यादबले दिएको उजुरीमा प्रमाण,दाबी नपुगेको भन्दै गिरि र यादबलाईनै सभापतिमा कायम गरिएको केन्द्रीय निर्वाचन समितीका सचिब जगन्नाथ श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।