ओली सरकारको उपहारः फेरि बढ्यो पेट्रोल, डिजल–मट्टीतेलको मूल्य

175

काठमाण्डौ/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्राल, डिजल र मट्टीतेलको मूल्य २/२ रुपैयाँका दरले बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय १८ रुपैया पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय एक रुपैया पुगेको छ ।
यस्तै आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर दुई रुपैयाँले बढेको निगमले जनाएको छ । निगमले यसअघि फागुन ११ गते मूल्य बढाएको थियो ।